शरीरलाई किन चाहिन्छ भिटामिन ‘बी कम्प्लेक्स’ ? « Khabarhub

शरीरलाई किन चाहिन्छ भिटामिन ‘बी कम्प्लेक्स’ ?


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भिटामिन बी कम्प्लेक्सले शरीरमा मोटाबलिज्म बढाउँछमोटाबलिज्मले पोषक तत्त्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउने काम पनि गर्छ ।

राता रक्तकोष निमार्ण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ । यसले शरीरको बिभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ ।

कमी भएमा कस्तो लक्षण देखिन्छ ?

हातखुट्टा झमझम गर्ने ।

हातखुट्टा पोल्ने ।

– स्मरण शक्ति ह्रास हुन्छ ।

– कमजोरी महसूस हुन्छ ।

– थकान लाग्ने हुन्छ ।

डिप्रेशन हुने हुन्छ ।

भिटामिन बी कम्प्लेक्सको स्रोत के हो ?
– मासुजन्य पदार्थ ।

– दूधजन्य पदार्थ दूध, दही, पनीर, चिज

– जमिन भित्र फल्ने फल आलु, गाँजर, मूला, सलगम, तरुल

जोखिम कस्तो हुन्छ ? कसरी घटाउने ?

भिटामिन बी बिभिन्न रुपमा पाइन्छ । बी १, बी २, बी ३ र बी १६ । यी चार तत्त्वको सम्मिलित रूप नै भिटामिन बी कम्प्लेक्स हो ।

भिटामिन बीको पहिलो सदस्य ‘थाइमीन’ हो । त्यसैले यसलाई बी १ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउँछ

बी १ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहुँ, जौ, सोयाबिन, केराउ, बदाम आदीमा पाइन्छ ।

भिटामिन बी २ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ । यो मुख र आखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ। यो दूध, दही, बिभिन्न अनाज, हरियो सागसब्जिमा पाइन्छ ।

भिटामिन बी६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाको लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ । भिटामिन बी १२ को रासायनिक नाम ‘सायनोकाबालामीन’ हो ।

यो छाला, हड्डी, काशिका, मांसपेशिका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदीमा पाइन्छ। भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटीन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ ।

(जनस्वास्थ्य विद डाक्टर अरुण उप्रेतीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  २ : २३ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२