राप्रपाले पृथ्वीजयन्तीमा जलपान समारोह गर्ने  « Khabarhub

राप्रपाले पृथ्वीजयन्तीमा जलपान समारोह गर्ने 


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा राप्रपाले जलपान समारोह गर्न लागेको हो । 

२०६२-०६३ को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो । तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि निजीस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएका छन् । 

राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २७ पुसमा सार्वजनिक बिदाको माग गर्दै आएको छ । पृथ्जीजयन्तीको अवसरमा गरिने जलपान समारोहको निम्तोमा राप्रपा अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘राष्ट्रनिर्माता श्री ५ बडमहाराजाधिराज पृथ्वीनारायण शाहको ‘३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजित जलपान समारोहमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।’

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ३ : ३६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले