सेयर बजारमा १८.०९ अंकको वृद्धि, ५ अर्ब बढीको कारोबार « Khabarhub

सेयर बजारमा १८.०९ अंकको वृद्धि, ५ अर्ब बढीको कारोबार


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिहीबार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो । बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो ।

बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । 

बिहीबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । जसमा, चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्त  वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त, किसान लघुवित्त , नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड, धौलागिरि लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन उर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल १४७ कम्पनीमा उकालो लागेको छ भने जम्मा ६२ कम्पनीमा ओरालो लागेको छ । ४ कम्पनी भने स्थिर रहेको छ । बिहीबार १३ उपसूचकहरू मध्ये बैंकिङ र अन्य इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली छाएको छ 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ३ : ४३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५