इन्टरनेटको समस्या समाधान गर्न सरोकारवाला पक्षसँग आग्रह | Khabarhub Khabarhub

इन्टरनेटको समस्या समाधान गर्न सरोकारवाला पक्षसँग आग्रह


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोकारवाला पक्षसँग आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पोलको भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ । सङ्घले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, दूरसञ्चार प्राधिकरण, मानवअधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष समस्या समाधानका निम्ति अनुरोध गरेको हो । 

इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्नका लागि ओपिजीडब्लु, विद्युत्का पोललगायत पूर्वाधारको काम गर्दै आएकामा प्राधिकरणको एकाधिकार भएका कारण आफूखुसी भाडादर कायम गर्दै आएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा प्रदायक सबैलाई बेवास्ता गरी प्राधिकरणले पोलको भाडा छ सयदेखि रु सात सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै आपत्ति जनाए । 

‘कुनै पनि समयमा पोखरा तथा त्यस आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने अवस्था छ’, सङ्घद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ३० बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई