इन्टरनेटको समस्या समाधान गर्न सरोकारवाला पक्षसँग आग्रह « Khabarhub

इन्टरनेटको समस्या समाधान गर्न सरोकारवाला पक्षसँग आग्रह


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोकारवाला पक्षसँग आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पोलको भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ । सङ्घले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, दूरसञ्चार प्राधिकरण, मानवअधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष समस्या समाधानका निम्ति अनुरोध गरेको हो । 

इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्नका लागि ओपिजीडब्लु, विद्युत्का पोललगायत पूर्वाधारको काम गर्दै आएकामा प्राधिकरणको एकाधिकार भएका कारण आफूखुसी भाडादर कायम गर्दै आएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा प्रदायक सबैलाई बेवास्ता गरी प्राधिकरणले पोलको भाडा छ सयदेखि रु सात सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै आपत्ति जनाए । 

‘कुनै पनि समयमा पोखरा तथा त्यस आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने अवस्था छ’, सङ्घद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ३० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५