जसपाले शुक्रबार मधेस प्रदेश संसदीय दलकाे नेता चयन गर्ने « Khabarhub

जसपाले शुक्रबार मधेस प्रदेश संसदीय दलकाे नेता चयन गर्ने


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले जानकारी दिए ।

भोलि शुक्रबारसम्ममा संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको नेता साहले बताए। पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको जानकारी दिए ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् । संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको र शुक्रबार नेता चयन गर्न सर्वसम्मत निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समिति संयोजक साहले बताए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ८ : १३ बजे

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक