बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ « Khabarhub

बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रनाउ जोशीका अनुसार विभिन्न बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई कैलाली, कञ्चनपुरलगायत विभिन्न स्थानमा बस्ने व्यक्तिलाई डर, त्रास तथा विभिन्न प्रलोभन देखाउने गरेको र महिलालाई ललाइफकाई गरी निजहरूको अश्लील भिडियो पोष्ट गरिदिने धम्की दिँदै ठगीमा संलग्न भट्टलाई पक्राउ गरिएको हो ।

उनलाई धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरी कार्यालयबाट थप अनुसन्धान भइरहेको बताइएको छ । निज व्यक्तिबाट ठगी भई पीडित भएका व्यक्तिहरूले प्रमाणसहितको जाहेरी दर्खास्त लिई कार्यालय सम्पर्क गर्न आउन हुनसमेत जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ९ : ३७ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन