सचिव रेग्मीद्वारा मालपोत कार्यालयको आकस्मिक निरीक्षण « Khabarhub

सचिव रेग्मीद्वारा मालपोत कार्यालयको आकस्मिक निरीक्षण


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवाप्रवाह तथा अभिलेख व्यवस्थापनबारे आकस्मिक निरीक्षण गरी जानकारी लिएका छन् ।

देशका विभिन्न कार्यालयमध्ये डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयलाई सेवा प्रवाहको दृष्टिले संवेदनशील कार्यालयका रूपमा लिने गरिएको छ । त्यस अवसरमा सचिव डा रेग्मीले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीलाई सेवाप्रवाह गुनासोरहित, झन्झटमुक्त र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले भूकम्पले कार्यालयका धेरै भित्ता चर्किएको र सोको तत्काल सुधार गर्न तथा अभिलेख व्यवस्थापनका लागि आवश्यक रकम प्रस्ताव गरी पठाउन सुझाव दिए । डिल्लीबजार मालपोत कार्यालयमा विभिन्न जिल्लाको जग्गाको ऐतिहासिक तथा प्रामाणिक अभिलेख, ऐतिहासिक अभिलेख तथा पुराना रजिस्ट्रेसन अभिलेख गरी एक लाखभन्दा बढी लिखतसहितका कागजात रहेका छन् ।

देशका सबै मालपोत कार्यालयमा करिब २० लाखको हाराहारीमा यस्ता लिखत अभिलेखहरू रहेको अनुमान गरिएको छ । तत्कालीन बाइसे–चौबिसे राज्य र राणाकालीन प्रमाणका दृष्टिले यी अभिलेखहरू दीर्घकालसम्म सुरक्षित राखिनुपर्ने भए पनि यिनीहरूको विद्युतीय प्रति नहुँदा कागज च्यातिने र हराउने उत्तिकै सम्भावना छ ।

त्यस अवसरमा सचिव डा रेग्मीले यस्ता ऐतिहासक महत्त्वपूर्ण अभिलेखहरूको संरक्षण गर्ने व्यहोरोपयोगी कार्ययोजना तत्काल तयार गरी कार्यान्वयनमा ल्याउन विभाग र मातहतका निकायलाई निर्देशन दिए। सचिव रेग्मीले विभागको विद्युतीय प्रणालीलाई प्रभावकारी बनाउन र मालपोतको सेवा प्रवाहमा हुन सक्ने अनियमितता रोक्न विद्युतीय प्रणालीको सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

उनले राष्ट्रिय भूमि आयोगको निरीक्षण गरी काम कारबाहीबारे पनि आजै जानकारी लिए । भूमि आयोगका सदस्य सचिव विदुर खनालले मन्त्रालय र सरकारको लक्ष्य पूरा गर्न र मन्त्रालयको साख बढाउन प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ९ : ५० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्