हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर « Khabarhub

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिए । गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्स छन् । काठमाडौँ वा अन्यत्र लाग्नुपरेमा एकतर्फी भाडा नलाग्ने र अन्य एम्बुलेन्स गाडीमा गएमा रु पाँच हजार पालिकाले दिने स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले बताए ।

हिमाली क्षेत्रमा पर्ने यस पालिकामा अझै कठिन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत धेरैको हेलिकप्टरमार्फत उपचारका लागि पठाइने गरेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । गाउँपालिकाको आठ वटै वडामा बर्थिङ सेन्टर स्थापना भएको उल्लेख गर्दै यो सिन्धुपाल्चोक जिल्लाको अन्य कुनै पनि पालिकामा नरहेको उनले बताए ।

सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा पालिकाको तर्फबाट थप एक हजार पाँच सय रकम दिने गरेको लामाले जानकारी दिए । साथै गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत सुत्केरीलाई घरमै गएर रु एक हजार बराबरको पोषणयुक्त खानेकुरा पालिकाले दिने लामाले बताए ।

वर्षामा सडक यातायातमा समस्या रहेकाले हरेक वडामा बर्थिङ सेन्टर तथा पालिकामा रहेका दुई सुविधा सम्पन्न अस्पतालबाट सेवा प्रदान गर्ने गरेको उनको भनाइ छ । गाउँमै बर्थिङ सेन्टर भएपछि सुत्केरी गराउन अन्यत्र जान नपरेकोमा स्थानीय शोभा भट्टराईले खुसी व्यक्त गरे ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : ३३ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा