हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर | Khabarhub Khabarhub

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिए । गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्स छन् । काठमाडौँ वा अन्यत्र लाग्नुपरेमा एकतर्फी भाडा नलाग्ने र अन्य एम्बुलेन्स गाडीमा गएमा रु पाँच हजार पालिकाले दिने स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले बताए ।

हिमाली क्षेत्रमा पर्ने यस पालिकामा अझै कठिन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत धेरैको हेलिकप्टरमार्फत उपचारका लागि पठाइने गरेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । गाउँपालिकाको आठ वटै वडामा बर्थिङ सेन्टर स्थापना भएको उल्लेख गर्दै यो सिन्धुपाल्चोक जिल्लाको अन्य कुनै पनि पालिकामा नरहेको उनले बताए ।

सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा पालिकाको तर्फबाट थप एक हजार पाँच सय रकम दिने गरेको लामाले जानकारी दिए । साथै गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत सुत्केरीलाई घरमै गएर रु एक हजार बराबरको पोषणयुक्त खानेकुरा पालिकाले दिने लामाले बताए ।

वर्षामा सडक यातायातमा समस्या रहेकाले हरेक वडामा बर्थिङ सेन्टर तथा पालिकामा रहेका दुई सुविधा सम्पन्न अस्पतालबाट सेवा प्रदान गर्ने गरेको उनको भनाइ छ । गाउँमै बर्थिङ सेन्टर भएपछि सुत्केरी गराउन अन्यत्र जान नपरेकोमा स्थानीय शोभा भट्टराईले खुसी व्यक्त गरे ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : ३३ बजे

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर