शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प | Khabarhub Khabarhub

शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको नगराइन नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाउन नसकेका हुन् । ति विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् ।

सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए । नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दैनिकरुपमा धर्ना दिँदैआएका छन् ।

नगरपालिकाको लापरवाहीका कारण पठनपाठन ठप्प भएको विद्यार्थी राजेश ठाकुरले बताए । नगरपालिकास्तरीय आयोजना सञ्चालनका लागि उपभोक्ता समितिको गठन गर्दा कार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था छ । यसलाई २०७६ सालमा संशोधन गरी ‘वडास्तरीय योजनाबाहेक अन्य आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा नगरप्रमुखले तोकेको कार्यपालिका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था गरिएपछि उपप्रमुखसहितका बहुमत वडाध्यक्षले विरोध गर्दै २०७४ सालको पुरानै ऐन कार्यान्वयन वा संशोधन गरिएको बुँदा खारेजको माग गर्दै आएको छ ।

विद्यालय लगातार रुपमा बन्द भएका कारणले नगरपालिकाले सञ्चालन गर्ने अर्द्ध वार्षिक परीक्षा प्रभावित हुनुका साथै एसइईका विद्यार्थीलाई परीक्षा फारम भर्नेसहितका अन्य कामकाज गर्नमा समस्या भएको र यसले विद्यार्थीको भविष्य अन्योलमा परिरहेको नगराइन नगरपालिका–७ का वडाध्यक्ष सुर्यनारायण साहले बताए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : ४८ बजे

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह

लालबन्दी– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन

हटाउन लागिएको हो कुलमानलाई ? माओवादीले जनायो संसद्‍मा आपत्ति

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट

सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न

सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब बढी

काठमाडौं– आइतबार ११.६६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार