राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार चयन गर्न विपक्षी दलको बैठक बस्दै « Khabarhub

राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार चयन गर्न विपक्षी दलको बैठक बस्दै


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरुको बैठक आज बस्ने भएको छ ।

शनिबार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन ।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफनो पार्टीवाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका थिए ।

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ ।

आफनो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन ।

आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल हुनेछ ।

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ४१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।