अन्यौलताको भूमरीमा रवि र राष्ट्रिय स्वतन्त्र पार्टी | Khabarhub Khabarhub

अन्यौलताको भूमरीमा रवि र राष्ट्रिय स्वतन्त्र पार्टी

सत्ता र सडकको भूमिकामा पनि प्रश्नै प्रश्न


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकातिर सत्ता। अर्कोतिर सफलता। त्यसमाथि ६ महिनामा आर्जन गरेको शक्ति। यी सबै कुराले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने एकाएक राष्ट्रिय व्यक्तित्वका रुपमा चर्चामा रहे।

तर नागरिकताका कारण रविको सांसद, मन्त्री र पार्टी सभापति पद गुम्यो। नागरिकताको नयाँ प्रतिलिपि लिएपछि रविले सभापति पद फेरि पाएका छन्। तर उनी सांसद र मन्त्री भने रहेनन्। चानचुन एक महिना गृहमन्त्री रहँदा उनले अनेकौँ सपना देखेका थिए।

धेरै ठूलो शक्तिमा रहेको महसुस गरेका थिए। तर उनले सोच्दै नसोचेको नागरिकता प्रकरणले भने उनलाई सबै पदबाट क्षणभरमै अलग गरायो। उनी फेरि गृहमन्त्री बन्न ठूलो रस्साकस्सीमा लागे। तर सकेनन्। बालुवाटार र बालकोटले उनलाई गृहमन्त्री बनाउन उचित ठानेन।

जसकारण उनी फेरि निराश भएका छन्। पार्टीले गृहमन्त्री नपाएमा उनी सरकारबाट फिर्ता हुने चेतावनी दिन बाध्य छन्। तर पनि यसले सिंहदरबार चलाइरहेका प्रचण्डलाई हल्लाएको छैन। नागरिकता प्रकरणमा दोषी देखिएका उनी दोहोरो पासपोर्ट लिएकोमा पनि छानबिनमा तानिन सक्ने सम्भावना छ।

त्यो विवाद र मुद्दा छल्नैका लागि उनले फेरि गृह मन्त्रालय ताकेको धेरैको अनुमान छ। यति गम्भीर आरोप लागेर अदालतको आदेशका कारण सबथोक गुमाएका रवि लामिछाने फेरि सत्तामा जान र्‍याल चुहाएर बस्नुले पनि नयाँ प्रश्न उब्जाएको छ। तर यी सबै प्रश्न बेवास्ता गर्दै उनी केवल गृह मन्त्रालय ताकिरहेका छन्।

गृह मन्त्रालय ताकेर आफूलाई फेरि विवादास्पद प्रकरणमा निर्दोष देखाउनु उनको उद्देश्य छ। यसका लागि उनले हदैसम्मको कोसिस पनि गरेका छन्। यसले दीर्घकालीन रुपमा ठूलो अर्थ पनि राख्छ। तर एकोहोरो गृहको रटान लगाउनु रविका लागि धेरै दूरगामी असर हुन सक्छ।

रविको सत्तामोहका कारण पार्टीभित्रै आलोचना बढेको छ। पछिल्ला केही बैठकमा स्वतन्त्र पार्टीका सांसदहरुबीचमै विवाद बढेर पार्टी फोड्नेसम्मको छलफल भएको प्रारम्भिक समाचार बाहिरिएका छन्। यसले धेरैका लागि आश र भरोसा गरिएको पार्टी पनि विग्रहमा जानु अर्को दुःखद पाटो हुन सक्छ।

तर रवि यतिबेला दुई वटा कुराले असाध्यै धेरै आलोचित छन्। एउटा असाध्यै धेरै सत्तामोह राखेर तत्कालै सरकारी अड्डामा हैकम जमाउनु। अर्को नेतृत्वका हिसाबमा आफूमा धैर्यता नराख्नु। यी दुई वटा कुराले आलोचित रवि जसरी सत्तामा पुगेका छन्, त्यसरी सडकमा पुग्ने आँकलन गरिएको छ।

तर यसका लागि पनि रविले अहिले दुई वटा अन्यौलता राखेको देखिन्छ। पहिलो सत्तामा बसेपछि के हुन्छ ? किनकि उनी अब मन्त्री हुने छैनन्। भए पनि तत्कालै त्यसले ठूलो विवाद निम्त्याउनेछ। दोस्रो उनी सत्ताबाट बाहिर आएपछि फेरि आलोचनाको शिकार हुनेछन्।

आफ्नो प्रतिकुलता रहने बित्तिकै उनलाई अहिलेकै अवस्थामा क्रेज बढे पनि विश्वास गर्न गाह्रो हुनेछ। यी दुई वटा अन्यौलता बुझेका कारण रवि यतिबेला अन्यौलताको भुमरी छ। पार्टी नेतृत्व नै अन्यौलतामा परेका कारण अरु नेताहरुले निर्णय गर्न सकेका छैनन्।

यदि उनले आगामी निर्णय लिए पनि त्यो विवादरहित हुने छैन। सत्तामा जाने हतारो गर्ने अहिले फेरि सत्ता छाड्ने चेतावनी कतिसम्म दिने ? मन्त्रालयको भूमिका फेर्ने तर फेरि प्रतिपक्षको भूमिबाट चर्को प्रश्न सोध्न नसक्ने ?

यस्तो अवस्थामा नयाँ नयाँ अनुभव कम भएका स्वतन्त्र पार्टीका नेता र कार्यकर्तामा अबको बाटो स्पष्ट छैन। स्पष्ट नभएको बाटोमा जस्तो निर्णय रविले लिन्छन्, त्यसले दूरगामी असर कति पार्छ भन्ने विश्लेषण सबैले गर्ने छन्। जुन उनका लागि सहज देखिँदैन।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ३८ बजे

पूर्वाधार मन्त्री महासेठलाई बालेनले पठाए एक ट्रक धुलो उपहार 

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात

क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न 

काठमाडौं– युरोपियन युनियन (ईयु) को सहयोगमा क्लाईमेट स्मार्ट स्कुल तथा

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान

काठमाडौं– दायित्व वाङ्मय प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान

‘७४ लाख सहकारी पीडितले अर्को बाटो समात्नु नपरोस्‌’

काठमाडौं – नेपालमा अर्थतन्त्रका तीनमध्ये एक खम्बा मानिएको सहकारी क्षेत्र

कांग्रेस भन्छ : सहमति गर्ने या नगर्ने सरकारको हातमा छ 

काठमाडौं– नेपाली कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति बनाउन सहमति गर्ने