फेरि पनि प्रधानमन्त्री प्रचण्डको दोहोरो दाउ « Khabarhub

फेरि पनि प्रधानमन्त्री प्रचण्डको दोहोरो दाउ

रवि, राप्रपा र एमाले छाडेर कांग्रेस र माधवलाई सत्तामा भित्र्याउने प्रयास


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिकता प्रकरणले गर्दा रवि लामिछाने र स्वतन्त्र पार्टीमा उतारचढाव आउँदा प्रधानमन्त्री रहेका प्रचण्ड दोहोरो दाउ हेरिरहेका छन्। रविले मागेजसरी प्रचण्डले गृहमन्त्री नदिएर ओलीलाई चिढ्याइरहेका छन्।

ओली रविलाई फकाउन उनलाई गृहमन्त्रालय दिलाउन लागि परेका थिए। तर प्रचण्डले गृहमन्त्री आफैसँग राख्न प्रयास गरेका छन्। यसका लागि रविको पार्टीलाई भौतिक पूर्वाधार मन्त्रालय छाड्ने प्रचण्डको तयारी छ।

पछिल्लो समय प्रचण्डले फेरि पनि दोहोरो दाउ खेल्ने प्रयास गरेका छन्। यसका लागि उनले रविलाई बाहिर धकेलेर माधव नेपाललाई भित्र्याउने कोसिसमा छन्। यसको पोल स्वयंम माधव नेपालले खोलेका छन्।

एक कार्यक्रममा माधव नेपालले राष्ट्रपतिको चुनावपछि सत्ता गठबन्धन फेरिने उनको उद्घोष छ। यसका लागि कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीले आफ्नो धार मिलाइरहेको अनुमान गर्न सकिन्छ।

यसै पनि माओवादीले राष्ट्रपतिका लागि सर्वदलीय नभए राष्ट्रिय सहमतिको आवश्यकता माग गरेको छ। यसका लागि एमाले र कांग्रेससँग राष्ट्रपति चयनको विषयमा माओवादीले छलफल सुरु गरिसकेको बुझिन्छ। यो स्वाभाविक पनि देखिन्छ। सभामुख लिएको एमालेले राष्ट्रपति पनि माग गरेको छ।

सभामुख र राष्ट्रपति लिएपछि एमालेले फेरि प्रतिगमन लाद्न सक्ने अनुमान प्रचण्डको छ। यो स्वाभाविक पनि देखिन्छ। दुई वर्षपछि फेरि प्रधानमन्त्री पाउने शर्तमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएको खुला इतिहास छ।

यस्तो अवस्थामा प्रचण्डले कांग्रेसकै नेतालाई अघि सारेर राष्ट्रपति बनाउने योजना बनाइरहेका छन्। राष्ट्रपति चुनावमा हारेको खण्डमा एमाले स्वतः माओवादीबाट बिच्किन सक्नेछ। त्यसले उसलाई सरकारमा रहिरहन नैतिक प्रश्न पनि खडा गर्नेछ। यो अवस्थाले गर्दा प्रचण्ड यतिबेला जति सकिन्छ धेरै रवि लामिछानेलाई चिढ्याउन चाहन्छन्।

किनकि रविलाई प्रतिपक्षमा धकलेर प्रचण्ड सत्ता सुरक्षित गर्न माधव नेपाल र कांग्रेसलाई भित्र्याउन चाहन्छन्। रविपछि राप्रपा र एमालेलाई पनि सत्ता बाहिर राख्न प्रचण्ड दोहोरो खेल खेल्न तयार देखिन्छन्। यसको केही चाल एमाले नेताहरुले बुझेका छन्।

तर अहिले नै आँकलन गर्न सकिरहेका छैनन्। विगतमा ओलीले पटक पटक धोका दिएका कारण प्रचण्ड सहजै उनलाई कुम जोडेकै भरमा विश्वास गर्न डराइरहेका छन्। यसका लागि कांग्रेस र माधव नेपाललाई ब्याकअप राख्नु प्रचण्डको दायित्व हो।

यसले राष्ट्रिय राजनीतिमा आगामी दिनमा गम्भीर असर पार्ने देखिन्छ। भोलिका दिनमा यसले जति असर पार्छ, त्यति धेरै प्रभाव पार्ने पनि निश्चित जस्तै छ। त्यति मात्रै नभई, अहिलेका शीर्ष नेताहरुले अस्थिर राजनीतिको जरा गाडेसँगै यसले दीर्घकालीन रुपमा अहिले ठूला भनिएका दलहरुको पतन र भोलिका दिनमा नयाँ दलहरुको आगमनलाई सहज नबनाउला भन्न सकिन्न।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्