एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक जारी « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक जारी


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिबार राजधानीमा सुरु भएको उक्त बैठक आज बिहान ८ बजे पुनः सुरु भएको हो।

विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो। पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो। उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी रहेका छन्।

राजनीतिक प्रतिवेदनमा छलफल सुरु भएको र छलफल सकिएलगत्तै विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने दश समूह टोलीमध्येका नेतृ पूर्णा जोशीले जानकारी दिए। उनका अनुसार सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा छलफल भइरहेको छ।

केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहनरूपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने बताइएको छ। प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्मा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ४६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।