राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले सत्ता पक्षलाई सघाउने « Khabarhub

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले सत्ता पक्षलाई सघाउने


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

हिजो मात्र कांग्रेस सपभाति देउवाले विपक्षी दलका नेताहरूसँग पनि छलफल गरेका थिए। छलफलमा सहभागी नेपका (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि माओवादी उम्मेदवारलाई सघाउँदा उपयुक्त हुने सुझाव दिएका थिए। सोही सुझावका आधारमा राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले आज उम्मेदवारी नदिने निर्णय गरेको लेखकले बताए ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। भोलि सोमबार निर्वाचन हुनेछ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : १५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक