कुपोषित बालबालिका खोज्दै सिद्धार्थनगर « Khabarhub

कुपोषित बालबालिका खोज्दै सिद्धार्थनगर


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुने सक्ने आशंका ‘स्क्रिनिङ’ गर्न सुरु गरेको छ। नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रुपमा शिविर सञ्चालन गरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो।

यी तीनवटै वडाले ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरूको पहिचान (स्क्रिनिङ्ग) का लागि शुक्रवारदेखि वडा नम्बर ३ बाट प्रोत्साहनसहितको नियमित वृद्धि अनुगमन शिविरको सुरु गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले जानकारी दिए। यी तीनवटै वडामा शिविर सञ्चालन हुनेछन्।

‘केही शिशुहरू कुपोषणको शिकार भएको पाइएपछि हामी तीन वटा वडाका वडाअध्यक्षहरूले संयुक्त रुपमा शिविरको सुरुवात गरेका छौँ’ श्रेष्ठले भने, ‘यो शिविरले तीन वटै वडाकावासीहरू लाभान्वित भई शिशुहरूको वृद्धि विकासमा सहयोग पुर्‍याउने विश्वास लिएका छौँ।’

‘बच्चा जोखौँ सर्वोत्तम पिठो बोकौँ’ नारासहित शुभारम्भ भएको शिविरमा यी वडा बाहेक नगरका अन्य वडावासीका बालबालिकाहरूमा कुपोषणसम्बन्धी आशंका भए शिविरको लाभ लिन सक्ने उनले बताए।

शिविरको प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले शिशुलाई सर्वोत्तम पिठो उपलब्ध गराएर शुभारम्भ गरे। शिविरको शुभारम्भ गर्दै उनले शिशुहरूलाई पोसिलो खाना खुवाउनुपर्ने निकै आवश्यक रहेको उल्लेख गर्दै बिरुवालाई दिनहुँ पानी दिएर हुर्काएझैँ शिशुहरूलाई पनि पोसिलो खाना खुवाउनेमा कमी नगर्न आग्रह गरे।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले महिला गर्भवती अवस्थामा भएदेखि नै पोसिलो खानामा जोड दिए शिशु पनि स्वास्थ्य जन्म हुने र कुपोषणको शिकार हुनेबाट जोगिने बताइन्।

शिविरमा आएका शिशुहरूको नियमित तौल गर्ने, चार सय ग्रामको सर्वोत्तम पिठो उपलब्ध गराउने र आवश्यक परेको अवस्थामा स्वास्थ्य उपचारसमेत गरिने बताइएको छ।  नगरपालिकाको वडा नम्बर ३ का वडाअध्यक्षले नारायण प्रसाद उपाध्यायले शिशुहरूको वृद्धि विकासका लागि पोसिलो खाना निकै आवश्यक रहेकोमा जोड दिँदै बालबालिका स्वास्थ्य रहे मुलुक स्वास्थ्य रहने सुनाए।

नगरपालिकाको वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले बालबालिकाहरू भविष्यको कर्णधार भएको भन्दै आजका बालबालिकालाई स्वास्थ्य राखे भोलि समृद्ध मुलुक बनाउनेमा टेवा पुग्नेमा जोड दिए।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन वटा वडाहरूले संयुक्त रुपमा सञ्चालन गरेको शिविरको प्रशंसा गर्दै अगामी आर्थिक वर्षमा यस किसिमका शिविर सञ्चालनका लागि बजेट विनियोजन गरी नगर स्तरीय शिविर सञ्चालन गर्ने बताए।

एक जनाको शिशु उपर नियमित अनुगमन र स्वास्थ्य उपचारमा ५ देखि १० हजार रुपैयाँ खर्च आउने अनुमान गरिएको वडा नम्बर ३ का आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज दुर्गाबहादुर थापाले सुनाए।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : १९ बजे

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का