पार्टीको बैठकअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि बालुवाटारमा « Khabarhub

पार्टीको बैठकअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि बालुवाटारमा


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन्। आफूलाई गृहमन्त्री बनाउन दबाब दिँदै आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन्।

प्रधानमन्त्रीलाई गृहमन्त्रीबारे निर्णय गर्न दिएको दुई दिनको अल्टिमेटम सकिएका बेला उनी बालुवाटार पुगेका हुन्। गृहमन्त्रालय आफ्नो पार्टीलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक पनि आइबार नै बस्दै छ।

आइतबार नै सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन पनि गर्दै छन्। यसअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन्।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ४३ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी