कलाकारलाई एफएलएफ अवार्डको मनोनयन पत्र प्रदान | Khabarhub Khabarhub

कलाकारलाई एफएलएफ अवार्डको मनोनयन पत्र प्रदान


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको लिम्बु भाषा, सस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७९’को पाँचौं सस्करणको मनोनयनमा परेका कलाकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको छ ।

अवार्डमा फिल्मबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टिकाराम लिम्बु माखिम, रुद्र पाहिम, तान्छोहाङ इङनाम, गायकमा सुसन साम्सोहाङ, टिका लिम्बु, सुमन लिम्बू, गायिकामा मेचु धिमाल, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ, संगितकारमा मान तबेबुङ, बुद्धराज लिम्बु, सैलेन्द्र नाल्बो, कथामा सागर केरुङ, टिका माखिम, सहनिर्देशकमा छबि कटवाल, चन्द्रप्रसाद घिमिरे, शृङगारमा रबिना थापा तोलाङ्गी, अशोक मण्डल, निर्देशनमा दिनेश लिङदेन, टिकाराम लिम्बू, छायांकनमा सुमन योञ्जन, कौसल राना, इशक जबेगु मनोनयनमा परेका छन् ।

त्यसैगरि म्युजिक भिडियोबाट अभिनेत्रीमा पुष्पाञ्जली तिल्लिङ लिम्बू, केन्जल योङहाङ, रुबिना लिम्बू अभिनेतामा पुर्ण सेलिङ, शैलेन्द्र नाल्बो, नन्दमान तुम्बापो, गायकमा सम्भु फोम्बो, डि आर हाङ्स्रुम्बा, नोगेन हाङ्स्रुम्बा, गायिकामा निरन्ता नेम्वाङ, गंगा सिङजाङगो लिम्बू, रुक्सना लिम्बू, गीत तथा संगितमा रीता ठूली फोम्बो, शैलेन्द्र नाल्बो, येहाङ लावती, छायांकनमा सञ्जय आचार्य, भुपेन्द्र तुम्बाहम्फे, देवराज सिग्देल र निर्देशनमा हाङ चेम्जङ, दिनेश माङमु र सागर केरुङ छन्।

उपसभामुख इन्दिरा राना मगरको प्रमुख आत्थियमा भएको कार्यक्रममा गायक तथा संगितकार संगम लिम्बु र निर्माता तथा गीतकार शैलेन्द्र कुमार नाल्बोलाई सम्मान गरिएको थियो । फाल्गुनन्द लिङ्देन फिल्म्स्का अध्यक्ष तथा निर्देशक दिनेश लिङ्देनको सभापतित्वमा सम्पत्र उक्त मनोनयन पत्र वितरण कार्यक्रमलाई चलचित्र पत्रकार संघको उपाध्यक्ष दीपज्योती थापाले सहजीकरण गरेकी थिइन् ।

अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बू भाषाविद याशेली योङहाङ र गायक तथा संगीतकार कुल्बा सुब्बा जुरी मण्डलमा छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : ०१ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान