टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सञ्चारमन्त्री शर्माको निर्देशन | Khabarhub Khabarhub

टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सञ्चारमन्त्री शर्माको निर्देशन


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छिन् ।

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने बताइन् ।

उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशसनीय कार्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन निर्देशन दिइन् ।

विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको महत्वाकाङ्क्षी नाराले सार्थकता पाएको भन्दै उनले आगामी दिनमा आफ्नै भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताइन् ।

सरकारको अधिकांश स्वामित्व भएको संस्थाले सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको बताइन् ।

“वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्वद्र्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुनेछ”, उनले भनिन् ।

उनले सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने सबैखाले सेवालाई सरल, सुलभ र विनाअवरोध उपलब्ध गराउन सबैको साझा दायित्व रहेको बताइन् ।

उनले आजका दिनसम्म कम्पनीले तीन हजार आठ सय कर्मचारीमार्फत उत्पादन देशभरिका एक करोडभन्दा बढी ग्राहकसँग सेवा पुर्‍याएको भन्दै आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

दुर्गमका कार्यालयमा कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको, समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिन जरुरी भएको बताइन् ।

“न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादन हासिल गरी ग्राहक सेवालाई गुणस्तरीय सस्तो र सर्वसुलभ बनाउँदै कर्मचारीको सेवासुविधालाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु दायित्व नेपाल टेलिकमसँग छ”, उनले भनिन् । यसका लागि उच्च व्यवस्थापनदेखि सबै तहका नेतृत्वले गर्नुपर्ने काम स्पष्ट व्यवस्था गरिएको उनको भनाइ छ ।

मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा गर्न पनि निर्देशन दिइन् । विकट क्षेत्रमा सेवा बिस्तार तथा मानवीय बस्तीमा टावर बिस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकास चुनौतीपूर्ण रहेको रहेको उनको भनाइ छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नुपर्ने दायित्वलाई दृष्टिगत गति सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताए । साथै उनले नेपाल टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन तथा गुणस्तरीय सेवा सुलभ दरमा देशभर पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : ५९ बजे

खराब मौसमका कारण नेपाल र अफगानिस्तानबीचको खेल अवरुद्ध (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा जारी आईसीसी यु– १९ विश्वकप क्रिकेट एसिया छनोट

एमालेको जरा अभियानमा ८० वर्षमाथिका ६८ ज्येष्ठ नागरिक सम्मानित

सुनसरी– नेकपा एमाले सुनसरीले आयोजना गरेको पार्टीको वडा केन्द्रित जरा

प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका विद्यालय

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं– सरकारले आज र भोलि देशभरका ६ महिनादेखि ५९ महिनासम्मका

शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित