अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसाल्यो, चीनद्वारा असन्तोष व्यक्त « Khabarhub

अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसाल्यो, चीनद्वारा असन्तोष व्यक्त


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसालेको छ । अमेरिकाको साउथ क्यारोलाइना राज्यको आकाशमा देखिएको बेलुनलाई आन्ध्र महासागरमा खसालिएको हो ।

उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको अमेरिकी रक्षा प्रशासन पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी उक्त बेलुन खसालिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चिनियाँ बेलुन खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । यता चीनले भने अमेरिकाको यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।

बाइडेनले मेरिल्याण्ड राज्यमा पत्रकारहरूसँगको कुराकानीमा भने, “उनीहरूले यसलाई सफलतापूर्वक तल झारे । म यस कार्यमा सरिक हुने हाम्रा एभिएटर्सको प्रशंसा गर्छु ।’’

यता चीनले भने घटनालाई ‘स्पष्ट रूपमा अतिरञ्जित’ को संज्ञा दिएको छ ।

अमेरिकी अधिकारीहरूले अमेरिकी आकाशमा एउटा ठूलो चिनियाँ निगरानी बेलुन ट्र्याक गरिरहेको बताएपछि गत बिहीबार विवाद सुरु भएको थियो ।

घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र चीनबीच बढ्दो तनावलाई नियन्त्रण गर्न आयोजना गर्ने भनिएको बेइजिङको दुर्लभ भ्रमण रद्द गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ३६ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त