अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसाल्यो, चीनद्वारा असन्तोष व्यक्त | Khabarhub Khabarhub

अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसाल्यो, चीनद्वारा असन्तोष व्यक्त


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसालेको छ । अमेरिकाको साउथ क्यारोलाइना राज्यको आकाशमा देखिएको बेलुनलाई आन्ध्र महासागरमा खसालिएको हो ।

उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको अमेरिकी रक्षा प्रशासन पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी उक्त बेलुन खसालिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चिनियाँ बेलुन खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । यता चीनले भने अमेरिकाको यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।

बाइडेनले मेरिल्याण्ड राज्यमा पत्रकारहरूसँगको कुराकानीमा भने, “उनीहरूले यसलाई सफलतापूर्वक तल झारे । म यस कार्यमा सरिक हुने हाम्रा एभिएटर्सको प्रशंसा गर्छु ।’’

यता चीनले भने घटनालाई ‘स्पष्ट रूपमा अतिरञ्जित’ को संज्ञा दिएको छ ।

अमेरिकी अधिकारीहरूले अमेरिकी आकाशमा एउटा ठूलो चिनियाँ निगरानी बेलुन ट्र्याक गरिरहेको बताएपछि गत बिहीबार विवाद सुरु भएको थियो ।

घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र चीनबीच बढ्दो तनावलाई नियन्त्रण गर्न आयोजना गर्ने भनिएको बेइजिङको दुर्लभ भ्रमण रद्द गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ३६ बजे

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।