सुनचाँदी व्यवसायीको सरकारसँग आग्रह : बजारमा कच्चा सुनको अभाव छ, आपूर्ति सुधार गरिदिनुपर्यो « Khabarhub

सुनचाँदी व्यवसायीको सरकारसँग आग्रह : बजारमा कच्चा सुनको अभाव छ, आपूर्ति सुधार गरिदिनुपर्यो


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा रहेको महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।

भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

त्यसका लागि उनले व्यवसायीसँग आवश्यकताअनुसार परामर्श गरेर अगाडि बढ्ने बताए । मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी कारोबारको निर्देशिका जारी गर्न आग्रह गरेका थिए ।

यस्तै, सुनचाँदी व्यवसायीहरूले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए । त्यसक्रमा उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाइ बज्राचार्य र सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतले व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ३७ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको