सुनचाँदी व्यवसायीको सरकारसँग आग्रह : बजारमा कच्चा सुनको अभाव छ, आपूर्ति सुधार गरिदिनुपर्यो « Khabarhub

सुनचाँदी व्यवसायीको सरकारसँग आग्रह : बजारमा कच्चा सुनको अभाव छ, आपूर्ति सुधार गरिदिनुपर्यो


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा रहेको महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।

भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

त्यसका लागि उनले व्यवसायीसँग आवश्यकताअनुसार परामर्श गरेर अगाडि बढ्ने बताए । मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी कारोबारको निर्देशिका जारी गर्न आग्रह गरेका थिए ।

यस्तै, सुनचाँदी व्यवसायीहरूले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए । त्यसक्रमा उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाइ बज्राचार्य र सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतले व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ३७ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,