पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा « Khabarhub

पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विगत पाँच दिनदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयको कामकाज बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत बुधबारदेखि नै मालपोत महोत्तरीमा आबद्ध करिब दुई सय लेखापढी कानून व्यवसायीहरू (लेखनदास)ले मालपोतमा हुने कागजपत्रको लेखापढी बन्द गरेका कारण सेवाग्राहीको कामकाज हुन नपाउँदा उनीहरू मारमा परेका हुन् ।

लेखापढी कानून व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज गत बुधबारदेखि ठप्प परेका छन् । बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि मालपोतमा काम गर्ने लेखापढी कानून व्यवसायीले पक्राउ परेका पनि लेखापढी कानून व्यवसायी रहेको भन्दै उनीहरूलाई निःशर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । शुक्रबार प्रहरीले उनीहरूलाई रिहा गरिसक्दा पनि व्यवसायहीहरू अझै काममा फर्किएका छैनन् भने मालपोतको कामकाज आज पाँचौँ दिन पनि ठप्प रहेको छ ।

जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पक्राउ परेका पाँच जनामाथि शान्ति विरुद्धको अपराधमा सात दिनको म्याद थप गरी कानूनी कारबाही प्रक्रिया अगाडि बढाएपछि मालपोतम कार्यरत दुई सय लेखनदास जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेपछि प्रहरीले प्रशासन कार्यालयसँगको समन्वयमा उनीहरूलाई शुक्रबार छाडेको थियो । तर उनीहरु विरुद्ध मुद्दा अझै पनि चलिरहेको र सोही मुद्दा खारेजीको माग गर्दै लेखनदास अझै आन्दोलित छन् ।

बुधबार दिउँसो मालपोत कार्यालयको प्राङ्गणमा सेवाग्राहीलाई हाकिम, कर्मचारीसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाई गरिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : २२ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स