मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने « Khabarhub

मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडौँ विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ ।

मन्त्रालयको नेतृत्व र विश्वविद्यालयका पदधिकारीबीचको भेटमा त्यससम्बन्धी विषयमा सहकार्य बढाउने सहमति भएको हो ।सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले भूमि प्रशासनका विषयमा अध्ययन अनुसन्धान गर्नु आवश्यक भएकाले काठमाडौँ विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विश्वविद्यालयबाट मन्त्रालयको सहकार्यमा जियोमेट्रिक इन्जिनियरिङ विषयमा पढाइ भइरहे पनि भूमि प्रशासन बहुविधायुक्त क्षेत्र भएको हुँदा अन्य विधामा समेत सहकार्यको सम्भावना रहेको उल्लेख गरे।

विश्वविद्यालयका उपकुलपति भोला थापाले मन्त्रालयसँग सहकार्य गर्न इच्छुक रहेको बताए । रजिस्ट्रार अच्युत वाग्लेले विश्वविद्यालय र सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ३० बजे

करिनाको बाथरुममा सलमानको पोस्टर !

मुम्बई – अभिनेता सलमान खानको फिल्म ‘मैने प्यार किया’ जब

एन्फा र क्लबबीचको विवादले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ

पनौतीमा हिलेजात्रा : जात्रा सकिएपछि मात्र रोपाइँ

काभ्रे – काभ्रेपलाञ्चोकको पनौतीमा आज जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) सुरु

लिभरपुलका विलक्षण प्रतिभा

खेलमा १-० ले पछि परेको लिभरपुल अस्टन भिल्लासँग पराजित भएको

एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यबिभाजन गरिने

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज