एकीकृत समाजवादीको बैठक : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड « Khabarhub

एकीकृत समाजवादीको बैठक : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुन सबैलाई आग्रह गरेको छ ।

निर्वाचनपछि पहिलोपटक राजधानीमा दुई दिनसम्म बसेको बैठकले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले देशको राष्ट्रियता कमजोर भई संविधान र लोकतन्त्र सङ्कटमा पर्न सक्ने खतरा रहेकाले सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन आग्रह गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

समाजवादी कार्यदिशा अँगालेका सम्पूर्ण वामपन्थी र कम्युनिष्ट पार्टीलाई राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्दै समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि एक भएर अगाडि बढ्न जोड दिएको बैठकले जातीय विभेदको अन्त्य गरी सामाजिक समानता कायम गर्न माग गरेको छ ।

मिलेनियम च्यालेन्जेज कर्पोरेसन (एमसिसी) को व्याख्यात्मक टिप्पणीअनुसार कार्यान्वय भएरनभएको अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न माग गरेको बैठकले वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहल कदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : १३ बजे

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको