एकीकृत समाजवादीको बैठक : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड « Khabarhub

एकीकृत समाजवादीको बैठक : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुन सबैलाई आग्रह गरेको छ ।

निर्वाचनपछि पहिलोपटक राजधानीमा दुई दिनसम्म बसेको बैठकले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले देशको राष्ट्रियता कमजोर भई संविधान र लोकतन्त्र सङ्कटमा पर्न सक्ने खतरा रहेकाले सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन आग्रह गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

समाजवादी कार्यदिशा अँगालेका सम्पूर्ण वामपन्थी र कम्युनिष्ट पार्टीलाई राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्दै समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि एक भएर अगाडि बढ्न जोड दिएको बैठकले जातीय विभेदको अन्त्य गरी सामाजिक समानता कायम गर्न माग गरेको छ ।

मिलेनियम च्यालेन्जेज कर्पोरेसन (एमसिसी) को व्याख्यात्मक टिप्पणीअनुसार कार्यान्वय भएरनभएको अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न माग गरेको बैठकले वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहल कदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : १३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२