बंगलादेशी कूटनीतिज्ञ सरवार सार्कको नयाँ महासचिवमा हुने | Khabarhub Khabarhub

बंगलादेशी कूटनीतिज्ञ सरवार सार्कको नयाँ महासचिवमा हुने


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कूटनीतिज्ञ गोलाम सरवार हुने भएका छन् ।

श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन् । हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन् ।

रोलक्रम अनुसार अफगानिस्तानबाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिबानी सरकारलाई मान्यता नदिए पछि नेपालको पहलमा बंगलादेशले सो अवसर पाएको हो ।

सार्क राष्ट्रको हैसियतमा सबै विदेश मन्त्रालयलाई कूटनीतिक पत्राचार गरेर सार्क महासचिवमा बंगलादेशी कूटनीतिज्ञले नेपालले मान्यता दिलाइको हो। सार्क विदेश मन्त्रीहरुको बैठकले अनुमोदन गर्नुपर्ने भए पनि विदेशी मन्त्री स्तरीय बैठक बस्न नसके पछि पत्राचार मार्फत बंगलादेशी कूटनीतिज्ञले नेपालले मनाउन सफल भएको हो, परराष्ट्र स्रोतले भन्यो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ०१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले