प्रेमाको होली जोडी (फोटो फिचर) | Khabarhub Khabarhub

प्रेमाको होली जोडी (फोटो फिचर)


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ आगामी चैत १७ अर्थात् मार्च ३१ मा रिलिज हुँदैछ । बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण गरिएको फिल्ममा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन छ ।

भोलि सोमबार परेको फागु पूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै फिल्मका प्रमुख दुई कलाकार अरुण र शुभेक्षाले होली फोटोसुट गरेका छन् । तस्बिरमा रातो रंगमा अरुण र शुभेक्षाको जोडीलाई निकै सुहाएको छ । उनीहरुले विभिन्न पोजमा आकर्षक तस्वीर खिचाएका छन् ।

थापाथलीस्थित युएन पार्कमा खिचिएको तस्वीरमा दुवैलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ । निर्देशक भण्डारीले फिल्मको प्रमोसनमा होलीले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले फोटोसुट गरिएको बताए ।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको अभिनय छ ।

फिल्म ‘प्रेमा’ गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ ।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : २५ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली