पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरू एकजुट भएर सडकमा लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू कमजोर हुने दाबी गरे । 

डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवसहितका पूर्वमाओवादी नेताहरूलाई एकजुट हुन आह्वान गर्दै प्रचण्डले भने, एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’

माओवादी शक्तिहरू एकताबद्ध हुँदाको प्रभाव बुझेर प्रतिक्रियावादीहरूले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले माओवादीहरू एकजुट भएर फेरि एक पटक विजयको नयाँ यात्रा सुरु सकिने दाबी गरे ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : ४२ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला