मातृभाषा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रधानलाई सम्मान  « Khabarhub

मातृभाषा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रधानलाई सम्मान 


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मातृभाषा साहित्य प्रतिष्ठानले नेपालभाषाका साहित्यकार अपर्णा प्रधानलाई सम्मान गरेको छ । प्रतिष्ठानले  २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानलाई सम्मान गरेको हो।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार सुलोचना मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले  २५ हजार राशिसहित प्रधानलाई सम्मान गरेको हो। 

६ महिनासम्म कोमामा परेर उपचार पछि पुनः जीवन प्राप्त गरेकी ७६ वर्षिया प्रधानका कथा, लघुकथा, निबन्ध, उपन्यास, समालोचना, आत्मवृतान्त लगायत साहित्यका विविध विधामा २९ कृति नेपाली, नेपालभाषा र अङ्ग्रेजीमा प्रकाशित छन् । 

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, पत्रकार सिल्भिया राजोपाध्याय् लगायतले प्रधानको साहित्यिक योगदानको चर्चा गर्दै राज्यले अपर्णा प्रधानजस्ता मातृभाषाका स्रष्टाहरूको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिएका थिए।

प्रधानको नेपाल भाषामा प्रकाशित जि व जिगु ईको अंग्रेजी अनुवाद टाइम अफ माई लाइफको अनुवाद पत्रकार सिल्भिया राजोपाध्याय्ले गरेका भने उक्त कृतिमा मृत्युलाई जितेर फर्केकी प्रधानको संघर्षको जीवनकथा समावेश गरिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : ३२ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा