मातृभाषा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रधानलाई सम्मान  « Khabarhub

मातृभाषा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रधानलाई सम्मान 


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मातृभाषा साहित्य प्रतिष्ठानले नेपालभाषाका साहित्यकार अपर्णा प्रधानलाई सम्मान गरेको छ । प्रतिष्ठानले  २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानलाई सम्मान गरेको हो।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार सुलोचना मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले  २५ हजार राशिसहित प्रधानलाई सम्मान गरेको हो। 

६ महिनासम्म कोमामा परेर उपचार पछि पुनः जीवन प्राप्त गरेकी ७६ वर्षिया प्रधानका कथा, लघुकथा, निबन्ध, उपन्यास, समालोचना, आत्मवृतान्त लगायत साहित्यका विविध विधामा २९ कृति नेपाली, नेपालभाषा र अङ्ग्रेजीमा प्रकाशित छन् । 

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, पत्रकार सिल्भिया राजोपाध्याय् लगायतले प्रधानको साहित्यिक योगदानको चर्चा गर्दै राज्यले अपर्णा प्रधानजस्ता मातृभाषाका स्रष्टाहरूको योगदानलाई कदर गर्नुपर्नेमा जोड दिएका थिए।

प्रधानको नेपाल भाषामा प्रकाशित जि व जिगु ईको अंग्रेजी अनुवाद टाइम अफ माई लाइफको अनुवाद पत्रकार सिल्भिया राजोपाध्याय्ले गरेका भने उक्त कृतिमा मृत्युलाई जितेर फर्केकी प्रधानको संघर्षको जीवनकथा समावेश गरिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : ३२ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा