वामपन्थी शक्ति एक हुन एमाले महासचिव पोखरेलको आह्वान « Khabarhub

वामपन्थी शक्ति एक हुन एमाले महासचिव पोखरेलको आह्वान


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेभन्दा बाहिर रहेका सबै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४ औँ यदु स्मृति दिवस तथा २१ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधीनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थी एकजुट हुन आह्वान गरे। 

‘सहिदको बलिदानलाई सम्झना गर्दै संकटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरू, सामाजिक न्यायका पक्षधर शक्तिहरू धुव्रीकृत हुन जरुरी छ,’ उनले भने, ‘विगतमा हामीले नेताको टाउको जोडेर कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने प्रयास गर्‍यौँ तर असफल भए अब हामी कार्यकर्ताका भावना जोड्न चाहन्छौँ ।’

महासचिव पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलन, परिवर्तन  सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले गलत मान्यताविरुद्ध सबै एकजुट हुन आवश्यक रहेको बताए । 

नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यस खालको चुनौतीलाई सामना गर्न सके नेपालको समृद्धि असुरक्षित हुने उनले दाबी गरे । माले स्थायी कमिटी सदस्य यमलाल कँडेलले एमाले बलियो भएमात्रै यदु गौतमको सपना साकार पार्न सकिने बताए। 

उक्त अवसरमा महासचिव पोरखेलले गोरखापत्र दैनिकका पत्रकार लोकबहादुर चौधरी (लक्की) लाई यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे । 

चौधरीले पुरस्कार ग्रहण गर्दै आफूलाई थप जिम्मेवार बनाएको बताए । पुरस्कारको राशि रु २० हजारको छ । विसं २०५३ सालदेखि कैलालीबाट पत्रकारितामा सुरु गरेका चौधरीलाई कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिन निर्णय गरिएको हो । 

यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष यदु स्मृति दिवसको अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ । तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा विसं २०५५ फागुन २१ मा हत्या गरिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : ४४ बजे

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन