दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या : ओली « Khabarhub

दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या : ओली


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् ।

आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन् । 

३ जेठ २०५० मा पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा पार्टीका महासचिप मदन भण्डारी र जीवराज  आश्रित चढेको जिप चितवनको दासढुंगामा दुर्घटनामा परेको र दुवै जनाको मृत्यु भएको घटनालाई नेपालको राजनीतिमा रहस्यमय मानिँदै आएको छ । 

भण्डारी र आश्रितको हत्या भएको भन्दै आयोग बनाएर  छानबिन गर्न माग गर्दा २१ जनालाई गोली हानेर मारेको अध्यक्ष ओलीको भनाइ छ ।
बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमोक्रेसी भएको कटाक्ष गर्दै अध्यक्ष ओलीको कटाक्ष थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : २१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको