पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको काम तीव्र गतिमा « Khabarhub

पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको काम तीव्र गतिमा


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रू आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो ।

राजमार्ग चौँडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले जानकारी दिए। उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक स्तरोन्नतिपश्चात् कालोपत्र गर्ने उनले बताए ।

‘दश वटा पाइप कल्भर्ट चौँडा गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक मर्मत गरी चार लेनको बनाइँदैछ’, उनले भने। ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक-एक लेन थप्न लागिएको चटौतले जानकारी दिए। गत वर्ष सडक बोर्डमार्फत राजमार्गको भाँसी सडक खण्ड चौँडा गरिएको थियो । गड्डाचौकी, दैजी, सिसैयालगायतका क्षेत्रमा यसअघि नै सडक चौँडा गरिएको छ । सडक निर्माणका लागि मुमताज कन्ट्रक्सन, जसलिङ जेभी कम्पनीले र कल्भर्ट निर्माणका लागिमैनाचुली जेभिसँग ठेक्का सम्झौता गरिएको थियो ।

पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको अगाडि बढाइँदै आएको छ । चालु आर्थिक वर्षको असारमसान्तसम्म सडक र कल्भर्ट चौँडा गर्ने काम सम्पन्न गरिसक्ने गरी समय सीमा निर्धारण गरिएको छ । 

यसैगरी, सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सातमा सडक निर्माण गरिरहेको छ । ‘जग्गा प्राप्ति नहुँदा एक निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति अगाडि बढ्न सकेको छैन’, सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, ‘बाँकी सातमा कार्य अगाडि बढिरहेको छ ।’ उनका अनुसार हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ । 

चटौतले भने , ‘दुई वर्षभित्रकाम सक्नुपर्ने गरी सम्झौता भएको हो । सातवटै सडक स्तरोन्नतिका लागि तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ ।’ निर्माण थालिएका सातवटै सडक आठदेखि १० किलोमिटरका हुनेछन् । 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ०३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको