पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालन « Khabarhub

पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालन


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका-७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमको आज उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने, ‘गाउँमा सहजरुपमा बिजुली उत्पादन भएको छ ।’

आगामी दिनमा प्रत्येकको घरमा दाउराबाट नभइ विद्युतीय चुलोबाट खाना पकाउनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गरिने विश्वास दिलाउँदै पूर्वमन्त्री भण्डारीले दीर्घकालीनरूपमा सेवा प्रवाह गरिने बताए । स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा ५० किलोवाट क्षमताकोसौर्य ऊर्जा सञ्चालनमा आएको पूर्व कानुनमन्त्री भण्डारीले जानकारी दिए । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सेवा विस्तार गरिएको हो । बिजुलीले गाउँ झिलीमिली भएपछि स्थानीयवासी हर्षित भएका छन् । वैकल्पिक केन्द्रको रु तीन करोड एक लाख ८८ हजार र पालिकाको रु ३० लाख साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । 

विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोका भरमा थिए । अब बिजुली आएपछि सबै खुशी भएको पोखरी सौर्य ऊर्जा उपभोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली भएपछि बिजुली बाल्ने धोको पूरा भएको उनले उल्लेख गरे । 

सबै गरेर एक सय २० घरमा बिजुली बालिएको केन्द्रले जनाएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउँका स्थानीयवासी बताउँछन् । 

उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन पनि सञ्चालनमा आउन सहज हुने पोखरीवासी बताउँछन् ।

 बिजुली बालेपछि स्थानीयवासीको मुहारमा खुशी देखिएको छ । दियालोको धूवाँका कारण स्थानीयमा श्वासप्रश्वाससम्बन्धी रोगले सताउने गरेको भए पनि बिजुली बल्दा त्यस्ता समस्या समाधान हुने स्थानीयवासी धिरज रोकायाले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ६ : ३६ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड