पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालन « Khabarhub

पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालन


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका-७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमको आज उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने, ‘गाउँमा सहजरुपमा बिजुली उत्पादन भएको छ ।’

आगामी दिनमा प्रत्येकको घरमा दाउराबाट नभइ विद्युतीय चुलोबाट खाना पकाउनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गरिने विश्वास दिलाउँदै पूर्वमन्त्री भण्डारीले दीर्घकालीनरूपमा सेवा प्रवाह गरिने बताए । स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा ५० किलोवाट क्षमताकोसौर्य ऊर्जा सञ्चालनमा आएको पूर्व कानुनमन्त्री भण्डारीले जानकारी दिए । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सेवा विस्तार गरिएको हो । बिजुलीले गाउँ झिलीमिली भएपछि स्थानीयवासी हर्षित भएका छन् । वैकल्पिक केन्द्रको रु तीन करोड एक लाख ८८ हजार र पालिकाको रु ३० लाख साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । 

विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोका भरमा थिए । अब बिजुली आएपछि सबै खुशी भएको पोखरी सौर्य ऊर्जा उपभोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली भएपछि बिजुली बाल्ने धोको पूरा भएको उनले उल्लेख गरे । 

सबै गरेर एक सय २० घरमा बिजुली बालिएको केन्द्रले जनाएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउँका स्थानीयवासी बताउँछन् । 

उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन पनि सञ्चालनमा आउन सहज हुने पोखरीवासी बताउँछन् ।

 बिजुली बालेपछि स्थानीयवासीको मुहारमा खुशी देखिएको छ । दियालोको धूवाँका कारण स्थानीयमा श्वासप्रश्वाससम्बन्धी रोगले सताउने गरेको भए पनि बिजुली बल्दा त्यस्ता समस्या समाधान हुने स्थानीयवासी धिरज रोकायाले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ६ : ३६ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको