मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द « Khabarhub

मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द भएको छ । आयोजनाको नियमित मर्मतका लागि मंगलबारदेखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द  भएको हो । आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ ।

दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्‍याएको संरचना गत वर्षनै मर्मत गर्नुपर्ने भए पनि तत्कालीन समयमा देशभर विद्युत अभावका कारण उत्पादन बन्द गर्न नसकिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

दुई वर्षअघिको १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्र बाँयातर्फ बेसीसहर–११ अन्तर्गत किनारमा लगाइएका ग्याबिन जालीमा क्षति पुर्‍याएको थियो । सोही ग्याबिन मर्मत तथा अन्य संरचनामा स्तरोन्नति गर्न तीन साता समय निर्धारण गरिएको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि दुई महिनाभन्दा बढी समय लाग्ने भए पनि अहिले पनि राष्ट्रव्यापी विद्युत अभावका कारण तीन हप्तामा काम सक्ने गरी तयारी गरिएको केन्द्र प्रमुख बस्नेतको भनाइ छ ।

संरचना निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । सोही सम्झौताको आधारमा केसी अधिकारी जेभीले संरचना मर्मत गर्न लागेको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि ११ करोड ३३ लाखमा सम्झौता भएको छ । 

जलविद्युत केन्द्रको सिभिल संरचना मर्मतका लागि १६ चैतदेखि ६ गतेसम्म २१ दिन विद्युत सटडाउन हुने र सो अवधिभर ड्यामका सबै ढोका खुल्ला गरिने हुँदा नदी आसपास नजान केन्द्रले अनुरोध पनि गरेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ६ : ५६ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको