थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण « Khabarhub

थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले थप चारवटा वटा विद्युतीय चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेर काठमाडौं उपत्यकामा दुईवटा र काठमाडौं उपत्यका बाहिर २ वटा गरी थप ४ वटा चार्जिङ स्टेशन बनाउन लागेको हो ।

प्राधिकरणले गरेको टेन्डर आव्हान अनुसार काठमाडौं उपत्यकामा बल्खु र सामाखुसीमा तथा काठमाडौं उपत्यका बाहिर मुग्लिङ र बर्दिबासमा थप चार्जिङ स्टेशन बनाउन लागेको हो । देशका विभिन्न स्थानमा ५१ वटा स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य गरिरहेको प्राधिकरणले ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागी र २५ वटा साना ठूला कारहरूका लागि चार्जिङ स्टेशन बनाई रहेको छ ।

यसअघि प्राधिकरण मुख्यालय रत्नपार्कमा एउटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याईसकेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग छुट्टाछुट्टै सम्झौता गरेर निमार्ण भईरहेका चार्जिङ स्टेसन ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी क्षमताको रहेका छन् । विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर प्राधिकरणले चार्जिङ स्टेशन निमार्णलाई तिव्रता दिएको हो ।   

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : २२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको