केन्यामा इबोला सङ्क्रमित आठ पुगे « Khabarhub

केन्यामा इबोला सङ्क्रमित आठ पुगे


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो सङ्क्रमित पहिलो बिरामीको उपचारमा संलग्न परिचारक हुन् । अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिएको पुष्टि भएको छैन । स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. प्याट्रिक अमोथले ४९ वर्षीय परिचारकमा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

कङ्गोबाट युगान्डा हुँदै केन्या आएका पहिलो सङ्क्रमितको अक्टोबर ५ मा नैरोबीको अस्पतालमा मृत्यु भएको थियो । अन्य छ सङ्क्रमितको अवस्था स्थिर रहेको छ । पहिलो बिरामीको सम्पर्कमा आएका करिब १३० जनाको पहिचान गरिएकामा १२८ जनालाई एकान्तवासमा राखिएको छ । लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहेको छ ।

इबोला सङ्क्रमितको रगत, शारीरिक तरल पदार्थ वा दूषित वस्तुको प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । कङ्गोमा मे महिनादेखि फैलिएको प्रकोपमा कम्तीमा चार हजार जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । केन्याले सीमामा स्वास्थ्य जाँच कडा पार्नुका साथै सङ्क्रमणको आशङ्का भएका व्यक्तिका लागि आपत्कालीन हटलाइन सञ्चालन गरेको छ ।

नैरोबीको मुख्य विमानस्थलमा उच्च जोखिम भएका देशबाट आउने यात्रुको जाँच गर्न छुट्टै प्रवेशद्वार तोकिएको छ । छिमेकी तान्जानियाले पनि सीमामा जाँच कडा पार्दै उच्च जोखिम भएका देशबाट आउने यात्रुलाई २१ दिनसम्म निगरानी गर्ने व्यवस्था लागू गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ३ : ५७ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका