मुलुकलाइ द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागीपरेका छन् : उपमाहासचिव पोखरेल « Khabarhub

मुलुकलाइ द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागीपरेका छन् : उपमाहासचिव पोखरेल


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाइ द्वन्द्वतर्फ धेकेल्न केही सक्ति लागिपरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध भएको फैसलालाइ संकेत गर्दै उपमाहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए ।

आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसगँ कुरा गर्दै उनले संक्रमणकालिन न्यायका काममा ढिला भएको स्विकार गर्दै तीव्रतापूर्वक यी कामलाई टुंगो पुर्‍याउनुपर्ने तर्क गरे ।

‘द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,’ उनले भने । कांग्रेससहितको ८ दलीय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमाहासचिव पोखरेलले आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनपछि राजनीतिक समिकरण परिवर्तन हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘नेपाली कांग्रेस ठूलो गल्ति गरेर ब्युझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ति दोर्‍याउँदैन ।’

८ दलीय गठबन्धनमा अझैँ राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी थपिनेमा पनि उपमाहासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन्  शक्तिपृथकिकरणको कोणबाट प्रधानमन्त्री माओवादीसँग, सभामुख एमालेसँग, राष्ट्रपति नेपाली कांग्रेससगँ पुग्दा प्रकान्तरले देशलाई फाइँदा नै पुग्ने जिकिर गर्दै उपमाहासचिव पोखरेलले शक्ति दुरुपयोग गर्ने प्रवृत्तिलाई यस्ले चेक एण्ड व्यालेन्समा राख्ने दाबीसमेत गरे ।

जन्ताले खोजे जस्तो नहुँदा मूलधारका पार्टीको बहुमत नआएको दाबी गर्दै सरकारले प्रणाली निर्माणलाई चुस्तदुरुस्त र अर्थतन्त्रमा देखिएका जटिल समस्यालाई हल गर्ने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि