समयमै उपचार पाउँदा भेडापालक किसान खुसी | Khabarhub Khabarhub

समयमै उपचार पाउँदा भेडापालक किसान खुसी


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका भेडापालक किसान खुसी भएका हुन् ।

छायाँनाथ रारा नगरपालिका–६ कोटिला गाउँमा सहयोगी हातहरूको समूह (सहास) नेपालको आर्थिक सहयोग, जिल्ला भेटेरिनरी तथा पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा र छायाँनाथ रारा नगरपालिकाको सहकार्यमा दुई हजार नौ सय भेडाबाख्राको उपचार गरिएको छ । किसानलाई भेडाबाख्राको उपचारका लागि अल्बेन्डाझोल, भिटामिन बी कम्प्लेक्स, यनोक्सियम, कोट्न, हिमेक्स, जेन्टामाइसियनजस्ता औषधि र विभिन्न रोगविरुद्ध निःशुल्क उपचार गरिएको थियो ।

जिल्लाकै भेडापालन पकेट क्षेत्र रहेको छायाँनाथ रारा नगरपालिका–६ मा गतवर्ष बिरामी भई दर्जनौँ भेडाबाख्रा मरेका थिए । गतवर्षको जस्तो स्थितिमा कृषकले क्षति नबेहोरेको सहास नेपालका परियोजना अधिकृत राजकुमार थापाले बताए । उहाँका अनुसार सो पकेट क्षेत्रमा २६ हजार भेडाबाख्रा भएकाले पुनः अर्को मुन्दु बस्तीमा पनि भेडाबाख्राको उपचार भइरहेको उनको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाका भेडापालक स्थानीय हरिभक्त कार्कीले समयमै उपचार पाउँदा किसान खुसी भएको बताए । उनले भने, “यो वर्ष समयमै भेडाबाख्राको उपचार गर्न पाउँदा भेडा रोगको प्रकोपबाट बच्ने आशा जागेको छ ।”

छायाँनाथ रारा नगरपालिका–६ का भेडापालक कृषक चङ्ख बुढाले गतवर्ष बजारमा भेडाबाख्रा उपचारका लागि सदरमुकाम गमगढी बजारमा औषधि नपाउँदा रोगका कारणले तीन वटा भेडा मरेको बताए । “अहिले गोठमै आएर हाम्रा भेडाबाख्राको उपचार गर्न पाउँदा निकै सहज भएको छ, हामी धेरै खुसी भएका छौँ”,उनले भने ।

जिल्ला भेटेरेनरी तथा पशु कार्यालयका प्राविधिक हरिबहादुर खत्रीले जिल्लाको सबैभन्दा बढी भेडापालन छायाँनाथ रारा नगरपालिका–६ मा भेडा पालक कृषक धेरै भएकाले उक्त ठाउँलाई छनोट गरिएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : १९ बजे

प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकमा जारी गर्मीको अवस्था र

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

कोलम्बो– श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी

बजेटमा एमालेको असन्तुष्टि : जनयुद्धलाई सम्झिइयो तर, मदन र सुखानीका सहिदलाई सम्झिएन

काठमाडौं– सत्ताको मुख्य साझेदार नेकपा (एमाले)ले सरकारले आगामी आर्थिक वर्षको

नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा

पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे

सुन्दरबजार– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको