फौजदारी अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ | Khabarhub Khabarhub

फौजदारी अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको तर हतकडी नलगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनी अदालतमा उपस्थित हुँदा उनीमाथि लागेका ३४ आरोप पढेर सुनाइएको थियो । ७६ वर्षे उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्। म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएका छान्। उनलाई अहिले प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

ट्रम्पविरुद्ध व्यवसायिक धोखाधडीसँग सम्बन्धित अभियोग लगाइएको छ। आफूसँगको अनुचित सम्बन्ध सार्वजनिक नगर्न पूर्वपोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई कानुन व्यवसायीमार्फत १ लाख ३० हजार डलर दिएको प्रमुख अभियोग छ। तर अभियोगपत्र सार्वजनिक गरिएको छैन।

अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लुकाएको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लगाइएको छ ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका ७६ वर्षीय ट्रम्प फौजदारी अभियोग लाग्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले आफूविरुद्धका आरोप राजनीतिक उत्पीडन र निर्वाचनमा गरिएको इतिहासकै उच्चतम् हस्तक्षेप भनेका छन्।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : १७ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा असोज ५ सम्म आवेदन दिन सकिने 

काठमाडौं– खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम