आईपीएलमा गुजरातको लगातार दोस्रो जित « Khabarhub

आईपीएलमा गुजरातको लगातार दोस्रो जित


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि साई शुदर्शनले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले। डेबिड मिलरले १६ बलमा अविजित ३१ रन बनाए ।

दिल्लीका एनरिक नोर्कियाले २, खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

लगातार दोस्रो जित निकालको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पराजित दिल्ली अंकबिहिन रहँदै आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : २५ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले