मान्द्रा बुनेरै जीविकोपार्जन गर्छन् ग्याल्बो शेर्पा | Khabarhub Khabarhub

मान्द्रा बुनेरै जीविकोपार्जन गर्छन् ग्याल्बो शेर्पा


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

चौतारा – जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा ।

उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन् । जब गाउँमा कसैको बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उनलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आएका छन् ।

“डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु”, उनले भने । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन् । घरमै आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्यस्तता बढेको हो । मान्द्रा बिक्री गरेर शेर्पाले घर खर्च मात्र टार्दै आएका छैनन्, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहो गर्दै आएका छन् ।

आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उनको भनाइ छ । धान विटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको छ । एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्छ । मान्द्रा रु दुई हजार दुई सयमा बिक्री हुने गरेको शेर्पा बताउँछन् ।

मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जङ्गलबाट निःशुल्क उपलब्ध हुन्छ । अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको सो वडाका कर्मा स्याङ्बो बताउँछन् । उनी पनि मान्द्रा बुनेर बेच्छन् । “उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु”, उनले भने, “छोराछोरीले सिक्न छाडेका छन्। कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ।” युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ ।

अन्न उब्जाउन जमिन छैन । कमाउन अरु इलम छैन । यहाँका अधिकांशले आलु खेती गर्दै आएका छन् । आलु खेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका छैनन् । मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेललगायत जङ्गली जनावारले दुःख दिँदा हैरान छन् । आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रुपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ५५ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन