भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा | Khabarhub Khabarhub

भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ।

भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो। यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन्। भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटक लगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका संक्रमितहरूमा बढी देखिएको छ।

भारतमा उक्त भाइरस देखिएसँगै भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले बताइन्।

चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिइन्।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ३५ बजे

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै

दसैँसम्म मितेरी पुल निर्माण हुने

रसुवा– नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे

काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन