सिक्किमको हिउँ पहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु  | Khabarhub Khabarhub

सिक्किमको हिउँ पहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिक्किम – गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार तीन नेपालीसहितको सातको मृत्यु भएको हो । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।

यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको भारतीय सेनाले जनाएको छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका पछि खोजबिन सुरु गरिएको थियो ।

जसअनुसार १४ जनालाई उद्धार गरेर नजिकैको भारती सेनाको क्याम्पमा लगिएको थियो । जसमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ । पर्यटकीय गन्तव्यसमेत रहेको क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’