टिकापुर क्याम्पसमा नेबिसंघको प्यानल विजयी « Khabarhub

टिकापुर क्याम्पसमा नेबिसंघको प्यानल विजयी


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कैलाली – टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ।

मंगलवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नेपाली कांग्नेस निकट नेविसंघका नृप थापा नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो।

तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा थापा ४७५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापा ३४२ मत पाए ।

यसैगरी, सभापतिका अन्य प्रतिस्पर्धी मध्ये नागरिक विद्यार्थी समाजका भीम चौधरीले २६६ र अखिल क्रान्तिकारीका भूपेन्द्र रावलले २३३ मत मात्रै ल्याएका थिए ।

सचिवमा मनिराज भाट, कोषाध्यक्षमा अनिता डंगौंरा थारु, सदस्यमा कुलराज भाट, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, निशा शाह, प्रदीपकुमार चौधरी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिए।

सो क्याम्पसका १ हजार ६१२ विद्यार्थी मतदाता मध्ये १ हजार ३ सय ४३ जनाले मात्रै मत खसालेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ५६ बजे

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक