यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता २८ चैतदेखि « Khabarhub

यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता २८ चैतदेखि


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी – सोह्र वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ ।

सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला तथा समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका छन् । अछामको साँफेबगरस्थित मैदानमा प्रतियोगिताको उद्घाटन खेल अछाम र डोटीबीच हुने छ । सोही दिन अर्को खेलमा कञ्चनपुर र बझाङले भिड्ने छन् ।

सचिव भट्टका अनुसार आगामी वैशाख ४ गते सेमिफाइनलका खेल हुनेछन् भने वैशाख ५ गते उपाधिका लागि प्रतिस्पर्धा हुने छ । उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ । उक्त टोलीले यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १० : २७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको