ट्र्याक्टरले किच्दा युवकको मृत्यु | Khabarhub Khabarhub

ट्र्याक्टरले किच्दा युवकको मृत्यु


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो ।

बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताए ।

ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले पार्किङ गरी राखिएको लु६३प ९०९ नंको स्कुटर च्याप्दा पूर्णरूपमा क्षति भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ११ : १६ बजे

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार

असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने

काठमाडौं– असोज २ गतेबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर

अर्थमन्त्री खनालले पुँजीबजारमा बिचौलियाको नेटवर्क भत्काउलान्‌ ?

काठमाडौँ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अर्थमन्त्री नियुक्त रामेश्वर

सरकारले निजी क्षेत्र लक्षित इन्टिग्रेटेड बिजनेस रिकभरी योजना ल्याउने

काठमाडौं– सरकारले निजी क्षेत्र लक्षित गरेर इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान