जापानमा ‘आरआरआर’को नयाँ रेकर्ड कायम  « Khabarhub

जापानमा ‘आरआरआर’को नयाँ रेकर्ड कायम 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मुम्बई– एसएस राजामौलीको सुपरहिट फिल्म ‘आरआरआर’ले जापानमा नयाँ रेकर्ड कायम गरेको छ । राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले जापानको थिएटरमा १ मिलियन बढी फूटफल दर्ता गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो ।

यो फिल्म जापानको ४४ शहरका २०९ स्क्रिनसहित ३१ आइमेक्स स्क्रिनमा रिलिज गरिएको थियो । फिल्म जापानमा १० लाख पटक देखाइएको छ । फिल्मका निर्देशक राजामौलीले आफ्नो ट्वीटर एकाउण्टमा जापानको दर्शकप्रति जापानी भाषामा नै आभार व्यक्त गरेका छन् ।

फिल्मले जापानमा हालसम्म ८० करोड रुपैयाँ बढी कमाई गरेको छ । यसले जापानमा सय करोड क्लब पार गर्ने व्यापार विश्लेषकको अनुमान छ । फिल्मले गत जनवरीमा जापानमा सय दिन पुरा गरेका थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : ४९ बजे

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले