‘शेखर-गगन समूह सरकारमा जाने वातावरण बनेन’ « Khabarhub

‘शेखर-गगन समूह सरकारमा जाने वातावरण बनेन’


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले डा. शेखर कोइराला-गगन थापा समूह तत्काल सरकारमा जाने वातावरण नबनेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा उनले यस्तो बताएका हुन् । उनले भने,  ‘हामी त चैत १७ गते नै सरकारमा जाने वातावरण बनोस् भन्ने चाहन्थ्यौं । अब जहिले वातावरण बन्छ, तहिले जाने हो । शीर्ष नेताहरूका बीचमा त्यस अनुसारको समझदारी बने सरकारमा जाने निर्णय होला’ ।

कांग्रेस सहमहामन्त्री परियारले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई मत नहाल्नेलाई पाखा लगाउन नमिल्ने जिकिर गरे । उनले पार्टीमा न्यायोचित निर्णय नभए अपमान सहन नसकिने चेतावनी समेत दिए ।

‘पार्टीभित्र हामी भागबन्डाको राजनीति गर्दैनौं तर हरेक निर्णय न्यायोचित हुनुपर्छ । पार्टीमा अपमान सहन सकिँदैन । न्याय दिन नसक्ने हो भने पार्टी सभापतिलाई एकलौटी गठन गर्नुहोस् भनेका छौं’ उनले भने।

मन्त्रिपरिषद्मा पठाउने सभापतिको विशेष अधिकार नभएको पनि उनले बताए । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : ५१ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्