मकवानपुरमा खोरेत रोगविरुद्धको खोप लगाउन सुरु « Khabarhub

मकवानपुरमा खोरेत रोगविरुद्धको खोप लगाउन सुरु


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको १० स्थानीय तहका पशुहरूमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु भएको छ ।

संघीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधि सहयोगमा १० वटै स्थानीय तहका पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप लगाउने कार्य सुरु भएको  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रमुख डा व्रजकिशोर ठाकुरले खोप लगाउन ८४ जना भ्याक्सिनेटर नियुक्त गरी सम्बन्धित  स्थानीय तहमा पठाइएको जानकारी दिए।

स्थानीय पालिकाको मागअनुसार खोप वितरण गरिएको बताउँदै उनले  दुर्गममा रहेको राक्सिराङ् गाउँपालिकाबाहेक नौवटा स्थानीय तहमा खोपसहित प्रविधिक पुगिसकेको र खोप  लगाउने अभियान सुरु भएको बताए ।

हेटौँडा उपमहानगरपालिकामा रोग सङ्क्रमण  भएका  तथा  लक्षण देखिएका पशुका लागि १० हजार पाँच सय, वकैया गाउँपालिकाका लागि पाँच हजार, बागमती  गाउँपालिकाका लागि तीन हजार खोप पठाइएको बताइएको छ । 

त्यसैगरी,  कैलाश गाउँपालिकाका लागि  एक  हजार, थाहा नगरपालिकाका  लागि पाँच हजार, मनहरि गाउँपालिका लागि सात हजार पाँच  सय, भीमफेदी गाउँपालिका  लागि तीन हजार, इन्द्रसरोवर गाउँपालिकाका लागि एक हजार पाँच सय, मकवानपुरगढी  गाउँपालिकाका लागि आठ हजार पाँच सय खोप निःशुल्क रुपमा लगाउने कार्य सुरु भएको सो कार्यालयले जनाएको छ ।

 तर राक्सिराङ् गाउँपालिकाका लागि एक हजार खोप पठाउनका लागि छुट्याए पनि  हाल पठाउन नसकिएको र पछि पठाउने प्रमुख डा ठाकुरले भन्नुभयो । खासगरी गर्मीे मौसममा खोरेत रोग पशुमा लाग्ने गर्दछ । यस रोगबाट पशुको खुट्टा र मुखमा तथा छालामा घाउ हुने, फोका हुने, खान, बस्न र हिँडुल गर्न समस्या हुने गर्दछ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : १६ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष