सेयर बजारमा ८.३९ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ८.३९ अंकको वृद्धि


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब २ अंकले वृद्धि भई ३५३.९५ विन्दुमा पुगेको छ।

यसअघि मंगलबार कारोबारमा नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा आएर रोकिएको थियो  । सोही दिन ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।  नेप्से सुचकमा १४६ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । 

कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ४३ लाख भन्दाबढीको कारोबार गरेको छ । नविल बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले २ करोड ३५ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

बुधबार १३ उपसुचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा वृद्धि भएको छ ।  निर्माण तथा प्रसोधन ०।१० प्रतिशत, निर्जीवन बिमा ०.५२ प्रतिशत र ट्रेडिङ सुचक ०.४१ प्रतिशतले ओरालो लागेको हो । वृद्धि हुनेमा होटल तथा पर्यटनको १ प्रतिशतले र अन्य सुचकहरुमा सामान्य सुधार देखिएको छ । 

बुधबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्। यसैगरी सानिमा ग्रोथ फण्डको ८ प्रतिशत, लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ७.४१ प्रतिशत र समता घरेलु लघुवित्त को ६.२२ प्रतिशतले सेयर कारोबार बढेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ३३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम